काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक केही समयका लागि रोकिएको छ।
सांसदहरूले समसामयिक तथा जनसरोकारका विषयमा धारणा राख्ने क्रम सकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक दस मिनेटका लागि स्थगित गरेका हुन्।विशेष समयमा सांसदहरूले जलवायु परिवर्तन, विपद् व्यवस्थापन, एलपीजी ग्यासको अभाव, स्वास्थ्य सेवामा देखिएका समस्या तथा सरकारको कार्यशैलीबारे प्रश्न उठाएका थिए।सांसदहरूले सदनमा उठाइएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने र उनीहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्नेमा समेत जोड दिएका थिए।विशेष समयको कार्यसूची सकिएपछि सभामुख अर्यालले बैठक पुनः सञ्चालन हुने गरी दस मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।