काठमाडौं । प्रधानमन्त्री बालेन शाह अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अमेरिका जाने प्रस्तावलाई सरकारले स्वीकृति दिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डललाई संयुक्त राष्ट्रसंघको एकासीऔँ महासभामा सहभागी हुन अमेरिका जाने अनुमति दिने निर्णय गरेको हो।सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै भ्रमण स्वीकृत भएको बताएका छन्।महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री शाहले सहभागिता जनाउने कार्यक्रम रहेको छ।