दाङको देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका –७ बिजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा रहेको छ।
आज बिहान करिब साढे सात बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई लमहीस्थित अस्पतालमा ल्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेको मृतक बालिकाकी आमा सरिता बोहोराले जानकारी दिए।