जनता जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा राजेन्द्र महतो चयन हुने भएको छन्। महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको हो।
बिहीबार बसेको बैठकले महतोलाई दल नेता चयन गरेको बताइएको छ। बैठकलगत्तै सांसदहरुलाई लिएर अध्यक्ष महन्थ ठाकुर र नेता महतो भक्तपुरस्थित एक रिसोर्टमा पुगेका थिए। महतोलाई संसदीय दलको नेता बनाउने निर्णयमा १९ सांसदले हस्ताक्षर गरेको उनको दाबी छ।