नेकपा एमाले नेता माधव कुमार नेपाल समुहले सांसद पदबाट राजिनामा नदिएपछी जनता समाजवादी पार्टीका बाबुराम भट्टराईले कडा प्रतिकृया दिए। उनले ट्वीटमार्फत माधव नेपाललाई कायरता प्रदर्शन गरेको भन्दै तटस्थ बसेकोमा आलोचना गरेका छन्।
‘ठीक र बेठिकविचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रुपमा बेठिकको समर्थन गर्नु वा ठिकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो,’ अउनले पुर्व्र प्रधानमन्त्री समेत रहेका भट्टराईले लेखेका छन् – ‘कहिले बेठिकहरु विचमा नै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो।’ उनले ओली प्रवृत्ती बेठिकमध्ये बढी बेठिक भएको भन्दै बिरोध गर्न सुझाव दिएका छन्।
भट्टराईको विचारमाथी टिप्पणी गर्दै नेकपा एमालेका ओलीनिकट यूवा नेता संजिव कुमार झाले बाबुरामलाई आफ्नो इतिहास हेर्न आग्रह गरेका छन्। माधव कुमार नेपालको बचाउ गर्दै झाले भट्टराईलाई नेपाली राजनितीको लाल गद्दारको संज्ञा दिएका छन्।
‘माधव नेपाललाई कायर भन्ने फ्याउरे एक सिटे नेता बाबुराम आफ्नो इतिहस हेर,’ झा भने – ‘हामी विच लाख अन्र्तद्वन्द्व होला तर माधव नेपाल हात्ती हुन् भने तपाई कमिला।’