अमेरीकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा अन्धाधुन्द रुपमा भएको गोली प्रहारमा एकजना नेपाली यूवाको ज्या गएको छ। स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा अन्य ३ जनाले पनि ज्य गुमाए।
गोली प्रहारमा ज्यान गुमाएका यूवा संखुवासभा खादवारी नगरपालिका–६ २५ वर्षीय सागर घिमिरे हुन्। घिमिरे सहित दुई स्पेनी नागरिकको प िमृत्यू भएको हो भने अर्का एकजनाकाो परिचय खुलेको छैन्।
घिमिरे अमेरिकामा अध्ययनरत थिए। साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सेकेका उनी एक साता अघि मात्रै बाल्टिमोर गएका थिए। घिमीरे केही समय बाल्टिमोरमा नै काम गरेर नेपाल फर्किने तयारीमा थिए।
उनी विश्वविद्यालयले विभिन्न विधामा दिने स्वर्णपदक विजेता विद्यार्धी समेत हुन्। उनी छात्रवृत्तिमा अध्ययनको लागि अमेरिका आएका थिए।
उनको हत्याको बारेमा बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डले घटनाको १० मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा ५६ वर्षीय एभर्टनले अन्धाधुन्द गोली चलाइरहेका थिए। प्रहरीले चलाएको गोलीबाट एभर्टनको पनि घटनास्थलमा नै मृत्यु भयो।
एभर्टनले पहिले उक्त घरमा आगो लगाए, आगो लागेपछि बाहिर भाग्ने क्रममा घिमिरे लगायत चार जनालाई उनको गोली लागेको थियो। घिमिरेसँगै सर्लाही स्थायी घर भएका श्याम अधिकारीलाई पनि गोली लागेको थियो।
यूनिभर्सिटी अफ मेरील्यान्ड बाल्टिमोरमा अस्पतालमा अधिकारीको उपचार भइरहेको छ। २६ वर्षीय अधिकारी न्यू मेक्सिकोबाट बाल्टिमोर आएका थिए।
उक्त घटनाको नेपाली दूतावासले खेद प्रकट गरेको छ। अस्पतालमा उपचाररत अधिकारीलाई भेट्न महवाणिज्य दूत प्रेमराजा महत अस्पताल पुगिसकेका छन् भने राजदूत डा. युवराज खतिवडाले पनि यस घटनामा विशेष चासो देखाएको प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले जानकारी दिए।