विस्वासको मत लिने दिन नजिकिदैँ जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप पनि बढेको छ। आफ्नै पार्टीका नेताहरुले विपक्षीको भन्दा कडा व्यवहार देखाउन थालेपछी संकटमा परेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउनै मुश्किल भएको छ।
पार्टीका शिर्ष नेताहरु नै सरकार ढाल्ने खेलमा लागेपछी विभिन्न ‘तिकडम’ गर्दै सरकार चलाइरहेका एमाले अध्यक्ष ओलीको संकट पछिल्लो समय बढ्दै गएको छ। एकातिर संसद पदबाट राजिनामा दिएर भएपनि आफ्नै पार्टीको सरकारलाई समस्यामा पार्ने माधव नेपाल–झलनाथ खनाल समुहको रणनीती अनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी प्रधानमन्त्री ओली सारथी खोज्दै हिडिरहेका छन्।
जनता समाजवादी पार्टीको एउटा खेमा (महन्थ ठाकुर–राजेन्द्र महतो समुहलाई एक हदसम्म रिझाए पनि जसपाकै अर्को समुह उपेन्द्र यादव–बाबुराम भट्टराईको झुकाव माधव–प्रचण्डतर्फ हुँदा ओलीलाई समस्या भएको छ। यहिविचमा सहयोग माग्दै नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा निवास पुगेका ओलीलाई त्यहाँबाट पनि ‘हरियो झण्डा’ मिलेन।
पार्टीकै ठुलै नेताहरुसहित निवासमै गएर सहयोगको लागि गरिएको आग्रह कांग्रेस सभापती देउवाले नस्विकारेपछी वर्तमान सरकारको संकट गहिरिएको छ। प्रधानमनत्री ओली नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमालसहित देउवालाई भेट्न पुगेका थिए।
तर, कांग्रेस सभापती देउवाले वर्तमान सरकारलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने जवाफ फर्काएको बुढानिलकण्ठ श्रोतले जानकारी दियो। देउवाले सरकारको विपक्षमा मतदान गर्ने ठाडो जवाफ दिएको कांग्रेसका एक नेताले जानकारी दिए।
कांग्रेस सभापती सभापती देउवाले सत्ता साझेदारीका लागि राखेको ओलीको प्रस्तावसमेत अस्विकार गरेको बुढानिलकण्ठनिकट श्रोतले जानकारी दिएको छ।