काठमाडौं — नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। गुगलको अर्थक्वेक अलर्टअनुसार राति ९:५३ बजे मनाङबाट करिब ६१ किलोमिटर टाढा केन्द्रबिन्दु रहेको अनुमानसहित ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
गुगलको प्रारम्भिक विवरणमा भूकम्पको प्रभाव क्षेत्र नेपाल र चीन देखाइएको छ। भूकम्पको केन्द्रबिन्दु मनाङ आसपासको हिमाली क्षेत्रमा देखाइएको छ।
यद्यपि, यो विवरण प्रारम्भिक अनुमान हो। आधिकारिक भूकम्प मापन तथा अनुसन्धान निकायबाट भूकम्पको म्याग्निच्युड, केन्द्रबिन्दु र गहिराइबारे थप विवरण आउन बाँकी छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालमा भएका भूकम्पका आधिकारिक विवरण सार्वजनिक गर्दै आएको छ।
भूकम्पपछि क्षति वा मानवीय असरबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन।