नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रवक्ता पदबाट बिदा लिएका छन्। कोरोना संक्रमण भएपछी उनले दुई साताका लागि बिदा लिएका हुन्।
आफ्नो आधिकारीक फेसबुकमार्फत यसबारे जानकारी दिँदै लेखेका छन् – ‘अस्वस्थताका कारण दुइ साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु १ प्रेस , पार्टी र शुभचिन्तकहरुसंग क्षमा चाहन्छु।’
उनले आफुँ चाडै नै पुर्ण स्वस्थ भएर पुर्ण जांगर साथ मैदानमा फर्किने बताउदै विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्ने सबैलाई आभार व्यक्त गरेका छन्।
शर्मालाई सोमबार कोरोना संक्रमण देखिएको थियो। चिकित्सकको सल्लाहअनुसार उनले स्वास्थ्यलाभ गरिरहेका छन्।