मनोरञ्जनात्मक फुटबल प्रतियोगिता ‘कोभिड कप २०२१’ को घोषणा गरिएको छ। ६४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो।
‘कोभिड कप २०२१’लाई जिल्ला सहकारी संघ लिमिटेड काठमाडौं र मिडिया हेराल्ड प्राइभेट लिमिटेडले संयुक्तरुपमा आयोजना गर्नेछ। प्रतियोगिताका सबै खेलहरु चैत २८ गते दशरथ रंगशालामा हुनेछन्।
प्रतियोगितामा १० टिमको सहभागिता हुने र ७ खेलहरु खेलाइने बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। ‘कोभिड कप २०२१’ का खेलहरु प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा खेलाइने छ।
प्रतियोगितामा फिल्मकर्मी, गायक, सहकारी तथा अन्य संस्थाका टिमहरुबीच प्रतिस्पर्धा हुनेछ। खेलको प्रत्यक्ष प्रसारण प्राइम टेलिभिजनले गर्ने आयोजकले बताएको छ।