काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलम सरवारबीच बिदाइ भेटवार्ता भएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा सार्कलाई थप प्रभावकारी बनाउने तथा दक्षिण एसियाली राष्ट्रहरूबीचको आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो। भेटमा जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न र प्राकृतिक विपद्का बेला प्रभावकारी रूपमा सहकार्य गर्न क्षेत्रीय सहयोगलाई थप बलियो बनाउनुपर्नेमा जोड दिइएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। त्यस अवसरमा मन्त्री खनालले आफ्नो कार्यकालमा सार्कको संस्थागत विकास र क्षेत्रीय सहकार्य प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै महासचिव सरवारको प्रशंसा गरेका थिए।