अष्ट्रेलियामा बस्दै आएका नटवरलाल भेष चौरसियाले हुण्डि कारोबार गर्दै आएको प्रमाण फेला परेको छ । २०७६ पौष २३ गते चौरसियाकी आमा श्रीमती रवीन्द्र देवी चौरसियाको बैंक खातामा ललितपुरका पौडेल थरका एक व्यक्तिले रकम जम्मा गरेको भौचर नेपाली पब्लिकलाई प्राप्त भएको छ ।
पौडेलले रवीन्द्र देविको सानिमा बैकंको खातामा ६ लाख ६६ हजार ४ सय रुपैयाँ जम्मा गरेका थिए । यस बिषयमा नेपाली पब्लिकले पौडेलसँग सम्पर्क गर्दा शुरुमा आफुँले भेष चौरसिया भन्ने व्यक्तिलाई नचिनेको बताएपनि पछि उनको आमासँग लिएको ऋण फिर्ता गरेको भनि झुट बोलेका थिए । पछि थप प्रश्न सोध्दै जाँदा उनले आफ्नो छोरी अष्ट्रेलियामा अध्ययनरत रहेको र उनकै लागि चौरसिया मार्फत रकम दिलाएको स्विकार गरे ।
उनले आफ्नो छोरीलाई भेष चौरसियाले अष्ट्रेलियामा अष्ट्रेलियन डलर दिएको र सो वापतको नेपाली रकम उनकै निर्देशन अनुसार रवीन्द्र देविको खातामा जम्मा गरिदिएको बताए । नेपाली पब्लिकसँगको कुराकानी पौडेलले आफुँ हरेक निकायमा गएर सत्य बोल्न तयार रहेको समेत बताएका छन् ।

नेपाली पब्लिकले भेष चौरसियाको बारेमा "१२ करोडको सेटिङ्ग मिलाउन अष्ट्रेलियन नटवरलाल नेपालमा" शिर्षकको समाचार प्रकाशित गरेपछि उनका गलत क्रियाकलापका थप प्रमाणहरु फेला पर्न थालेका छन् भने उनिबाट पिडित भएकाहरु पनि नेपाली पब्लिकको सम्पर्कमा आउन थालेका छन् ।
यता चौरसिया भने आफ्नो कर्तुत लुकाउनका लागि नेपाली पब्लिकका प्रकाशक सुदिपचन्द्र बख्रेलले आफुँसँग पैसाको बार्गेनिङ गरिरहेको निराधार प्रचारबाजी गर्दै हिडिरहेका छन् ।
भेष चौरसियामार्फत हुण्डी कारोबार गरेका व्यक्तिसँग भएको कुराकानी...