पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखरा (रेबान)को २६औंँ साधारणसभा तथा १४औंँ अधिवेशनको उद्घाटन सत्रमा कोभिड–१९ को असरले पर्यटन क्षेत्रमा निकै ठूलो नोक्सान पारेको उल्लेख गर्दै ‘हुलमुलमा ज्यान जोगाउनू, अनिकालमा बीउ जोगाउनू’ पर्ने बताए ।
प्रदेशले पर्यटन क्षेत्रमा दैनिक २७ अर्ब घाटा क्षेत्रमा बेहोरिरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले अहिले व्यवसायीलाई राहत कार्यक्रम उपलब्ध गराएर व्यवसायबाट पलायन हुन नदिन आफूले विशेष पहल गरिरहेको जानकारी दिए ।
स्वास्थ्य सतर्कताप्रति ध्यान दिएर अब आन्तरिक पर्यटनमार्फत पर्यटन क्षेत्र चलायमान गराउनाको विकल्प नभएको उनको भनाइ छ । उनले रानीवनलाई जैविक विविधतायुक्त सिटी पार्कमा विकास गर्ने र लेखनाथ पचभैयास्थित जुलोजिकल पार्क र मिनी मुस्ताङको अवधारणालाई साकार पारिने बताए ।