काठमाडौं– सानिमा जनरल इन्स्योरन्सको साधारण सेयर (आइपिओ) आज बिहान बाँडफाँट भएको छ । गोलप्रथाद्वारा २ लाख ७३ हजार जनाले १० कित्ता सेयर पाएका छन् ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार ५ लाख ९० हजार ५८५ जनाको हात खाली भएको छ । सानिमाले ३० कित्ता साधारण सेयर जारी गरेको थियो । जसमध्ये १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र १ लाख २० हजार कित्ता कर्मचारीलाई छुट्याइएको थियो । सर्वसाधारणले बाँकी रहेको २७ लाख, ३० हजार कित्ताका लागि आवेदन दिएका थिए ।
सानिमाको आइपिओमा ८ लाख ६६ हजार २०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता माग भएको थियो ।