काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले सरकारलाई सबै मापदण्ड पूरा गरेर खेलकुदका गतिविधिलाई पुन सुचारु गर्नका लागि आग्रह गरेका छन् ।
उनले लामो समय भई सक्दा पनि नेपाल सरकार र खेलकुदसँग सम्बन्धित खेलकुद मन्त्रालय र नेपाली खेलकुद परिषदले नेपाली खेल र खेलाडीहरुको बारेमा कुनै चासो नराखेको भन्दै दुखेसो पोखेका हुन् ।
लामो समयसम्म निष्क्रिय रहेको खेलकुद क्षेत्र चलायमान हुन नसक्दा यसले खेलाडीहरुमा चिन्ता र निराशा छाएको बताएका छन् । सबै देशमा फुटबल सुरु भैसक्दा पनि नेपालमा फिल्म र म्युजिक भिडियोको लागि मात्र रंगशाला खुला गर्नु दुखको कुरा भएको बताएका छन् ।
सात महिनादेखि खेलाडीहरु बेरोजगार भएको खेलाडीको बारेमा सरकारले केही नसोचेको र जिविका धान्नकै लागि खेलाडीहरु विदेशीन बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको कुरा उनले आफ्नो फेसबुक मार्फत जनाएका हुन् ।