काठमाडौं– विश्वका विभिन्न देशका गुगलको इमेल सेवा जिमेल प्रयोगकर्ताहरुले समस्या भोगिरहेका छन् । नेपालमा पनि जिमेलबाट इमेल गर्ने क्रममा ‘फाइल अट्याच’ नहुने, ‘इमेल सेन्ड’ नहुनेजस्ता समस्या भइरहेको छ ।
विहिबार बिहानदेखि जिमेल प्रयोगकर्ताले यो समस्या भोगिरेहेको छ । नेपाल लगायत अधिकांश देशमा अत्यधिक प्रयोगकर्ता रहेको जिमेलमा यो समस्या आएपछि सामाजिक सञ्जालमार्फत जिमेललाई जानकारी गराइरहेका छन् ।
जिमेलसँगै गुगलकै अर्को सवा गुगल ड्राइभ पनि प्रभावित भएको छ । ड्राइभमा पनि फाइलहरु अपलोड र डाउनलोड हुन समस्या आएको छ ।
डाउन डिरेक्टर अनुसार आज बिहान ११ बजेदेखि यो समस्या गुगलको सेवामा देखिएको छ । नेपालमै पनि नेपाली पब्लिक कार्यालयमा यस समस्या आएपछि खोजी हुँदा गुगलमै आको अन्यत्र पनि प्रतिक्रिया आइरहेको पाइएको हो ।
केही प्रयोगकर्ताहरुले लग इनमै समस्या भोगेको पनि जनाएको छ । लाइभ आउटेज म्यापले नेपाल, भारत, युरोपका केही देश र अमेरिकामा यस्तो समस्या देखिएको जनाएको छ ।