काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ११९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय काठमाडौंमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ६ जना र ललितपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाटन अस्पताल, बीएन बी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल तथा नेपाल प्रहरी अस्पतालका प्रयोगशालामा कोरोना परिक्षण गरिएको हो । त्यस्तै स्टार अस्पताल र ह्याम्स अस्पताल तथा नेपाल कोरिया मैत्री अस्पतालमा पनि कोरोना परीक्षण गरिएको थियो ।