काठमाडौं - धितोपत्र बजारमा बुधबार नेप्से परिसूचक सामान्य वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से १.५१ अङ्कले बढेर एक हजार ४२५.३२ मा पुगेको हो ।
यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले बढेर २९७.२९ मा पुगेको छ । स्टकका अनुसार आज कूल १८८ कम्पनीका ३० लाख ३२ हजार ३११ कित्ता शेयर रु ९५ करोड १९ लाख ६० हजार २०८ मा खरिदबिक्री भएका छन् ।
बुधबार कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । रासस