काठमाडौं– नेपालमा आज ३ सय ८१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबिस घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।
गौतमका अनुसार नेपालमा सक्रिय संक्रमित ६ हजार १ सय ७४ छन्, क्वारेन्टिनमा ९ हजार ९ सय २५ जना छन् । त्यस्तै, १ सय ३१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
