काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ । पार्टीभित्रको विवाद समाधानका लागि भएको वार्ता बिनानिष्कर्ष सकिएको एक नेताले बताए ।
१३ साउनमा विवाद झन् चर्केपछि दुवै अध्यक्षबीच संवाद नै बन्द भएको थियो । आइतबारदेखि संवादको क्रम जारी छ । तर, दुवै अध्यक्षले आआफ्नो अडान नछोडेपछि समस्या ज्युँका त्युँ रहेको एक स्थायी कमिटी सदस्यले बताए ।
आजको छलफल जनैपूर्णिमाको शुभकामना आदानप्रदानबाट भएको थियो । तर, कुरा नमिलेपछि भोलि पुनः बस्ने गरी छलफल सकिएको बताइएको छ ।
प्रचण्डले स्थगित स्थायी कमिटीको बैठक बोलाउन भनेपछि ओलीले सचिवालयमा छलफल गरेर मात्र स्थायी कमिटीमा जाने अडान राखेपछि छलफल निष्कर्षविहीन भएको बालुवाटार स्रोतले बतायो ।– रासस