काठमाडौं– भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना संक्रम भएको छ । गृहमन्त्री शाहले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन्– ‘कोरोनाका लक्षण देखिएपछि जाँच गराउँदा रिपोर्ट पोजेटिभ देखियो’ ।

आफूलाई कोरोनाको सुरुवाती लक्षण देखिएपनि अवस्था सामान्य रहेको भन्दै लेखेका छन्– ‘ मेरो अवस्था सामान्य छ । डाक्टरको सल्लाहमा अस्पताल भर्ना हुँदैछु ।’