काठमाडौं– पछिल्ला केहिदिन यता नेपाली बजारमा सुनको मुल्य बृद्धि हुने क्रम जारी छ । साताको पहिलो दिन आज छापावाला सुनको मूल्य ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार ९९ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आइतबार ३ सय रुपैयाँ बढेर ९९ हजार ६ सय कायम भएको हो ।
तेजाबी सुनको मूल्य २९५ रुपैयाँ बृद्धि भएको छ । शुक्रबार प्रतितोला ९८ हजार ८६५ मा बिक्रि भएको तेजाबी सुनको मूल्य आइतबार ९९ हजार १६० कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बृद्धि भएको छ । शुक्रबार १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आइतबार १२ सय ३० कायम भएको छ ।