काठमाडौं– आगामी अगस्त १८ बाट सुरु हुने क्यारेबियन लिग (सीपीएल) द्धी–ट्वान्टीका लागि सन्दीप लामिछाने वेस्ट इन्डिज जाने भएका छन् । प्रतियोगिताका लागि सन्दीप बिहिबार वेस्ट इन्डिज प्रसथान गर्ने छन् ।
हवाई उडानका कारण सन्दीपले प्रतियोगीता गुमाउने सम्भावना बढेको थियो । चार्टर्ड फ्लाइटमार्फत वेस्ट इन्डिज प्रस्थान गर्ने व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन् ।
ट्रिनिडाड एन्ड टोबेगोमा १० दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा सन्दिप आबद्ध जमैकाको खेल अगस्त १९ मा हुने छ । सन्दीप आइतबार वेस्ट इन्डिज पुग्ने छन् ।