एजेन्सी - स्मार्टफोन कम्पनी मोटोरोलाले आफ्नो जी सीरीज अन्तर्गतकाे नयाँ स्मार्टफोन आजबाट भारतमा बिक्री सुरु गरेको छ । कम्पनीले 'मोटो जी एट पावर लाइट' (Moto G8 Power Lite) नाम दिइएकाे नयाँ स्मार्टफाेनकाे बिक्री सुरु गरेको हाे । ई-कमर्स वेबसाइट फ्लिपकार्ट (Flipkart) बाट यसलाई अनलाइन खरीद गर्न सकिने कम्पनीले जनाएकाे छ ।
मोटो जी ८ पावर लाइट यसअघि सार्वजनिक भएको मोटो जी ८ पावर (Moto G8 Power) काे डाउनग्रेडेड भर्सन हाे । यसलाई पछिल्लाे हप्ता भारतमा भित्र्याइएकाे थियाे । मोटो जी८ पावर लाइट स्मार्टफोनमा कम्पनीले आफ्नो धेरैजसो मिड रेन्जमा प्रयोग गर्ने डिजाइन रहेको छ ।
मोटो जी ८ पावर लाइटमा १६००×७२० पिक्सेल रिजोलुशन रहेको ६.५ इन्चको एचडी प्लस (HD+) आईपीएस (IPS) एलसीडी डिस्प्ले राखिएको छ । फोन ४ जीबी र्यामकाे साथ २.३ गिगाहर्ज अक्टा-कोर (2.3GHz octa-core) मीडियाटेक हीलियो पी ३५ (MediaTek Helio P35) चिपसेट प्रोसेसर सहित आएकाे छ । डुअल-सिम सपोर्ट गर्ने याे स्मार्टफोन एन्ड्रोइड ९ अपरेटिङ सिस्टममा आधारित रहकाे छ ।

फोटोग्राफी तथा भिडियाेग्राफीका लागि मोटो जी ८ पावर लाइटमा ट्रिपल रियर क्यामरा सेटअप रहेकाे छ, जसमध्ये १६ मेगापिक्सेलको प्राइमरी क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ लेन्स रहेकाे छ । यस बाहेक सेल्फी तथा भिडियाे कलिंगका लागि यसकाे फ्रन्टमा ८ मेगापिक्सेलको क्यामरा रहेको छ ।
मोटो जी ८ पावर लाइट ४ जीबी र्याम+६४ जीबी स्टोरेज भेरिएन्टमा उपलब्ध रहेकाे छ । याे स्मार्टफोनमा ५,००० एमएएच (5,000mAh) काे ब्याट्री राखिएको छ । शक्तिशाली ब्याट्री क्षमताको भएकै कारण यो स्मार्टफोनले ग्राहकलाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्ने कम्पनीकाे भनाइ छ । १० वाट (10W) काे फास्ट चार्जिङ सिस्टमका साथ आएकाे याे स्मार्टफोन एक पटककाे फुल चार्ज गरेमा करिब २० घण्टासम्मकाे भिडियाे प्लेब्याक दिने कम्पनीकाे दाबी छ ।
याे बाहेक मोटो जी ८ पावर लाइटमा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट, ३.५ एमएम (3.5mm) काे अडियाे ज्याक, वाई-फाई 802.11, ब्लूटूथ v4.20, फाेरजी एलटीई (4G LTE), जीपिएस तथा फिंगरप्रिन्ट सेन्सर, एबीएन्ट लाइट सेन्सर (ambient light sensor) एक्सेलेरोमीटर (accelerometer), जाइरोस्कोप (gyroscope), प्राेक्सीमिटि (proximity sensor) सेन्सर जस्ता फिचरहरू समावेश गरिएकाे छ ।
यसलाई Royal Blue र Arctic Blue गरि २ वटा कलर भेरिएन्टमा उपलब्ध गराइएकाे छ ।

मूल्य
भारतमा पहिलाे पटक बिक्री सुरु भएको मोटो जी ८ पावर लाइटकाे मूल्य ८ हजार ९ सय ९९ भारतिय रुपैंया निर्धारण गरिएकाे छ । जसलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा लगभग १४ हजार ४ सय रुपैंया पर्न आउँछ । अबकाे केहि महिनामा यो स्मार्टफाेन नेपाली बजारमा पनि आउने अनुमान गरिएकाे छ ।
अन्तमा, ह्यान्ड सेट उत्पादन गर्ने पहिलो कम्पनीका रूपमा चिनिने मोटोरोला सन् १९९७ सम्म पनि मोबाइल बजारको ‘लिडर'का रूपमा रहेकाे थियो । मार्केट सेयरबारे अध्ययन गर्ने संस्था ‘स्टाटिस्टा'ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् १९९७ मा मोटोरोला २३.५ मार्केट सेयरका साथ पहिलो स्थानमा थियो भने १९.१ प्रतिशत मार्केट सेयरका साथ नोकिया दोस्रो स्थानमा थियो ।
त्यो समयमा नेपाली बजारमा पनि मोटोरोलाकै राज थियाे । तर त्यसपछिका वर्षमा नोकियाले मोटोरोलालाई पछि पार्दै अघि बढ्यो र मोटोरोलालाई नोकियाको अप्सनका रूपमा चिनिन थाल्याे । त्यसपछि सन् २०१२ मा आइपुग्दा मोटोरोलाकाे मार्केट सेयर १.७ मा झर्याे । पछिल्लाे दिनहरूमा भने आकर्षक डिजाइन र उत्कृष्ट प्रविधिका साथ बजारमा मोटोरोलाका स्टर्माफोनहरू मिड रेन्जमा उपलब्ध हुन थालेका छन् । यी स्मार्टफोनहरूले मोटोरोलालाई विश्वबजारमा फेरि उकास्न मद्दत गरेको छ ।