काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष देखि लागू हुनेगरि स्मार्ट वाचमा १५ प्रतिशत अन्तशुल्क कर लिने भएको छ । आगामी आर्थिक वर्षका लागि तयार पारेको आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो । याेसँगै अब नेपाली बजारमा स्मार्ट वाचकाे मूल्य बढ्ने भएको छ ।
सरकारले पहिलो पटक स्मार्ट वाचमा यसरी अन्तशुल्क कर लिने घोषणा गरेको हो । यसरी स्मार्ट वाचमा १५ प्रतिशत अन्तशुल्क लिएपनि भन्सार शुल्क भने छुट गरिएको छ ।
त्यसैगरि सरकारले पावर बैंकमा पनि अन्तशुल्क कर लिने भएको छ । आगामी आर्थिक वर्ष देखि पावर बैंकमा १० प्रतिशत अन्तशुल्क लाग्ने भएको हो । स्मार्ट वाचमा जस्ताे पावर बैंकमा भने भन्सार शुल्क छुट गरिएको छैन । सरकारले यसमा १५ प्रतिशत भन्सार शुल्क लिनेछ ।
यसका साथै सरकारले मोबाइल फोनमा लाग्दै आएको अन्तशुल्क करलाई भने पुरानै दर कायम राखेको छ । सरकारले मोबाइल फोनमा २.५ प्रतिशत अन्तशुल्क लिदै आएकाे छ । दुई वर्षअघि नेपालमा मोबाइल फोनमा ५ प्रतिशत अन्तशुल्क कर लिने गरिन्थ्यो ।