एजेन्सी– फिल्म ‘अटानमेन्ट’ र ‘आफ्टरम्याथ’ की अभिनेत्री कियारा नाइटलीले अब न्युड सिन नदिने बताएकी छिन्। कियाराले कन्ट्र्याक्टमा एक नयाँ बुँदा थपेकी छन् जसमा खिचिने सबै दृश्यमा उनको नियन्त्रण रहनेछ। आमा बनेको कारण यस्तो निर्णय लिएकी हुन्।
कियारा दुई पटक एकेडमी अवार्डमा मनोनयनमा परेकी थिइन्। उनी २००६ मा ‘प्राइड एन्ड प्रिजुडाइस’ का लागि बेस्ट एक्ट्रेस इन लिडिङ रोल र २०१५ मा ‘दी इमिटेसन गेम’ का लागि बेस्ट एक्ट्रेस इन सपोर्टिङ रोल विधामा मनोनित भएकी थिइन्। यसबाहेक तीन पटक गोल्डन ग्लोब र दुई पटक बाफ्ता अवार्डका लागि मनोनित भएकी थिइन्।
एक मिडियालाई दिएको अन्तर्वार्तामा कियाराले भनिन्, ‘म आफ्नो शरीरबाट निकै खुसी छु। तर अब म सुटिङ युनिटको अगाडि नांगो रूपमा प्रस्तुत हुन चाहन्नँ।’ उनका दुई सन्तान एडी र डेलिलाह छन्।
उनले २००७ मा फिल्म इन्डस्ट्रीबाट आएको दबाबका कारण आजित भएर अभिनय छोड्ने फैसला पनि गरेकी थिइन्। यो तनावका कारण उनी मानसिक रूपमा विक्षिप्त भएकी थिइन् तर पछि सामान्य रूपमा फर्किन्।