- श्रीविलास दाहाल
राजनीतिका गोलचक्कर नेपालले पार गर्न नसकेकै हो। नेपालको उन्नति र प्रगति, विकास र समृद्धिका लागि बाधक भनेर हामीले अशिक्षा, राजनीतिक आतङ्क र अन्धविश्वासलाई प्रश्रय दियौँ। आज आएर हेर्दा विकासका प्रायः पूर्वाधार तयार भइसकेका छन्। हवाई यातायातको अवस्था भने आश्चर्यलाग्दो छ। पञ्चायतकालमा निर्माण भई सञ्चालनमा आएका हवाई मैदान अझै बन्द अवस्थामा छन्। सडक यातायातले छुन जम्मा एउटा जिल्ला मात्र बाँकी छ। मनोरञ्जनका लागि रेल र जल यातायात आवश्यक होलान्, अनिवार्य भने होइनन्।
धर्म, संस्कृति, कला र साहित्यमा पहिल्यै भएको विकासलाई पनि अहिले हामीले सम्हाल्न सकेका छैनौँ। नयाँ कुरा बनाउन त परै जाओस्, एउटा लुम्बिनीको समेत विकास गर्न सकेका छैनाैँ। विकास कोष भनेर खडा गरिएका मान्छेको होशै हराएर गए। राजा भए, प्रधानमन्त्री भए, लुम्बिनीमा धुवाँ–धुलो झन् बढेको छ। पूर्खाले भावी सन्ततिलाई भनेर राखिदिएको सम्पत्ति स्वाहा गर्न कोही पछि पर्दैन, जोड्न त परै जाओस्। उहाहरणका लागि धेरै पर जानै पर्दैन। भर्खर प्रचारमा आएका गुठीका कथाव्यथा हेरे र सुने पुग्छ। अरू के के भन्ने?
हाम्रो प्रथम गोलचक्कर २००७ साल फागुन ७ गते। त्यसबेलाको शिक्षा, यातायात र भौगोलिक स्थितिले गर्दा त्यो ठूलो परिवर्तन थियो। त्यसलाई क्रान्ति भनेर महिमा मण्डित गरे पनि त्यो सम्झौतामा टुङ्गियो। सम्झौता पनि भारत, राजा र राणामा गएर टुङ्गियो। क्रान्तिको नेतृत्व गरेको नेपाली कांग्रेस हेरेको हेर्यै भयो। परिबन्द र प्रचारले उसलाई सम्झौतावादी बनाइदियो। जब कि ऊ त्योभन्दा माथि नै थियो। नेपालमा देखिएका, सक्रिय भएका, वलिदान र सङ्घर्ष गरेका राजनीतिक पार्टी थिए– प्रजापरिषद्, राष्ट्रिय कांग्रेस, प्रजातान्त्रिक कांग्रेस। पछि ‘नेपाली कांग्रेस’ र कम्युनिष्ट पार्टीले दाबी गरे पनि अझैसम्म यो कुहिरोको कागजस्तो नै छ।
राजा भए, प्रधानमन्त्री भए, लुम्बिनीमा धुवाँ–धुलो झन् बढेको छ। पूर्खाले भावी सन्ततिलाई भनेर राखिदिएको सम्पत्ति स्वाहा गर्न कोही पछि पर्दैन, जोड्न त परै जाओस्। उहाहरणका लागि धेरै पर जानै पर्दैन। भर्खर प्रचारमा आएका गुठीका कथाव्यथा हेरे र सुने पुग्छ। अरू के के भन्ने?
दोस्रो गोलचक्कर २०३६ सालको जनमत सङ्ग्रह हो। यसले २००७ सालदेखिका राजनीतिक समस्यालार्ई हल गर्छ भन्ने आशा गरियो तर त्यो पूरा भएन। २००८ सालदेखि गुजुल्टिएर रहेका समस्या सुल्झिन सकेनन्। भारतीय प्रधानमन्त्री नेहरु, राजा त्रिभुवन र मोहन शमशेरले थापेका माखेसाङ्ग्लो जुन थियो, त्यो हटेन। राजा महेन्द्र र मातृकाका रूपमा देखा पर्यो र झन्झन् झाङ्गिँदै गयो।
२००७ सालको क्रान्तिभन्दा २०१५ सालको आमचुनाव ठूलो जनआन्दोलन थियो। राजा महेन्द्रले कल्पना गर्न नसकेको मतपरिणाम आयो। यसले स्थिरता लिनुपर्ने थियो तर स्थिरता लिन सकेन। राजतन्त्र, कर्मचारीतन्त्र र नेतातन्त्रका अनेक मन्त्रतन्त्रले २०१७ साल पुस १ गते जनताको विश्वासमा बन्दुक तेर्सियो। खलनायक त्रिभुवनका छोरा महेन्द्र, विश्वेश्वरप्रसादका विश्वासिला चेला डा. तुलसी गिरी र विश्वबन्धु थापा भए। देशको विकासले गति लिएन। देशले दुःख पायो।
राजा महेन्द्रले देशमा विकासको मूल फुटाउने भने। अरूले सय वर्षमा गरेको काम दश वर्षमा गर्ने भने। यो राजा महेन्द्रको शासनकालमा भारतले परम्परागत शोषण र दोहन जो गरेको थियो, त्यसले निरन्तरता पायो। धेरै राष्ट्रवादी र भारतविरोधी हुने चक्करमा चीनलाई पनि नेपालको शोषण गर्ने दैलो खुला गरियो। राजा महेन्द्रको यही देन रह्यो।
राजा वीरेन्द्रले ‘जनमत सङ्ग्रह’ गर्ने हिम्मत त गरे तर राजनीतिक समाधान दिन सकेनन्। त्यसैबेला नेपालमा ‘द्विदलीय लोकतान्त्रिक’ व्यवस्था र आफू संवैधानिक राजा भएर बसेको भए आजको यस्तो अलपत्र व्यवस्था हुने थिएन। सायद उनको वंशै नाश पनि हुँदैनथ्यो होला अनि राजतन्त्र नेपालबाट बिदा पनि नहुँदो हो। त्यतिखेर ‘टुपार्टी’ सिस्टमको कुरा नउठेको पनि होइन। त्यसै हरायो।
राजा महेन्द्रले देशमा विकासको मूल फुटाउने भने। अरूले सय वर्षमा गरेको काम दश वर्षमा गर्ने भने। यो राजा महेन्द्रको शासनकालमा भारतले परम्परागत शोषण र दोहन जो गरेको थियो, त्यसले निरन्तरता पायो। धेरै राष्ट्रवादी र भारतविरोधी हुने चक्करमा चीनलाई पनि नेपालको शोषण गर्ने दैलो खुला गरियो। राजा महेन्द्रको यही देन रह्यो।
तेस्रो गोलचक्कर २०४६ को आन्दोलन, २०४७ सालको संविधान र २०४८ सालको आमनिर्वाचन हो। तर, त्यो संविधान संविधान सभाले बनाएको होइन भन्ने तर्क पनि भए। त्यसमा अनेक संविधानविद् र संविधान सभामा पनि सबै सदस्यले लेख्ने होइन। एउटा ड्राफ्टिङ कमिटीले ड्राफ्ट गर्ने हो। नेपालको परम्परा र यसको आवश्यकताअनुसार यो ठीक छ। त्यो संविधान विश्वकै सर्वश्रेष्ठ पनि भनियो।
प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आफ्नो भिजनमा प्रस्ट नै हुनुहुन्थ्यो। यो संविधानले लोकतान्त्रिक मूल्यमान्यता सबै स्वीकार गरेको छ। ‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र’ यसको मूल उद्देश्य हो। दुईटा निर्वाचन गराएर अर्थात् दश वर्ष शासन गरेर आफू पछि हट्ने उहाँको उद्देश्य थियो। उहाँको विचारमा यो संविधान बीस वर्ष अवश्य चल्छ। त्यसपछि देश गणतन्त्रमा जाला भन्ने अनुमान चैँ थियो तर भयो उल्टो, लथालिङ्ग–भताभुङ्ग अनि चुनावमा आफ्नो पराजय, प्रधानमन्त्रीमा गिरिजाप्रसाद कोइराला, ५५ दिन संसद् अवरुद्ध, प्रधानमन्त्री सिंहदरबार जान नसक्नु र मध्यावधि चुनाव। सारा योजना र लक्ष्य भताभुङ्ग भएर गयो।
मध्यावधि चुनावमा कांग्रेसको पराजय। तानतुन गरेर कम्युनिष्टहरूले सरकार बनाए। मनमोहन अधिकारीलाई विश्वमा जनमतद्वारा निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री हुने गौरव प्राप्त भयो। तर, सरकार पूरा अवधि चल्न सकेन। संसद् विघटन, चुनाव, आन्दोलन, सरकार गठन तथा विघटन। कम्युनिष्टका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र कांग्रेसका प्रधानमन्त्री सूर्यबहादुर थापा भए। केके भएन देशमा?
कृष्णप्रसाद भट्टराई आफ्नो भिजनमा प्रस्ट नै हुनुहुन्थ्यो। यो संविधानले लोकतान्त्रिक मूल्यमान्यता सबै स्वीकार गरेको छ। ‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र’ यसको मूल उद्देश्य हो। दुईटा निर्वाचन गराएर अर्थात् दश वर्ष शासन गरेर आफू पछि हट्ने उहाँको उद्देश्य थियो। उहाँको विचारमा यो संविधान बीस वर्ष अवश्य चल्छ।
त्यति भएमात्र केही थिएन। माओवादीको हिंसा र आतङ्क सारा देशभरि फैलिएर गयो। हाहाकार, सारा विकासका संरचना ध्वस्त, प्रत्यक्ष झन्डै बीस हजार व्यक्तिको मृत्यु र अप्रत्यक्ष लेखाजोखा छैन। कांग्रेस विभाजन। शेरबहादुर देउवा प्रधानमन्त्री। राजा वीरेन्द्रको वंश नास, नारायणहिटी दरबार हत्याकाण्ड। राजा ज्ञानेन्द्रको उदय। राजनीति झन्डै २०१७ सालतिर फर्केको अनुभव। अशान्ति र अराजकता। यस्तै यस्तै घटना भए।
यो चौथो गोलचक्करले शान्ति र स्थिरता तथा विकास र समृद्धि ल्याउला भनेको। यो दिवास्वप्न हुन थालेको छ। अन्तरिम संविधानले संविधान सभाको चुनावको बाटो फुकाउन ‘सहमति’को मार्ग निर्देशन गरेको थियो। तर, नेताहरूले सहमतिको नाममा सत्ता र सम्पत्ति कमाउने बाटो बनाए। तैपनि संविधान सभाको चुनाव भयो। पहिलो संविधान सभाको निर्वाचित सभाले ‘गणतन्त्र’को घोषणा गर्यो। यो काम पनि उल्टो भयो। संविधान बनाएपछि त्यो संविधानद्वारा गणतन्त्रको घोषणा गर्नुपर्ने थियो। मधेस आन्दोलन नभएको भए नेपाल संघीयतामा जाने थियो/थिएन, यो यक्ष प्रश्नको उत्तर आएकै छैन।
अहिलेको नेपालको चित्रण गर्नुपर्दा नेपाल लिखित र संवैधानिक रूपमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हो। संविधानले ‘समाजवाद उन्मुख’ भनेको छ। कम्युनिष्टहरू भन्छन्, समाजवादमा जान पुँजी चाहिन्छ। अब पुँजीवाद चाहियो। त्यो पुँजीवाद परम्परागत दया, धर्म, करुणा र परोपकारलाई करले, डरले भए पनि मान्थ्यो। अहिलेको यो दलाल पुँजीवाद बडो निर्दयी पुँजीवाद छ। मान्छे मारेर हुन्छ कि, प्रकृति नाश पारेर हुन्छ कि र देशै बेचेर हुन्छ पैसा चाहियो।
गोलचक्करले शान्ति र स्थिरता तथा विकास र समृद्धि ल्याउला भनेको। यो दिवास्वप्न हुन थालेको छ। अन्तरिम संविधानले संविधान सभाको चुनावको बाटो फुकाउन ‘सहमति’को मार्ग निर्देशन गरेको थियो। तर, नेताहरूले सहमतिको नाममा सत्ता र सम्पत्ति कमाउने बाटो बनाए। तैपनि संविधान सभाको चुनाव भयो। पहिलो संविधान सभाको निर्वाचित सभाले ‘गणतन्त्र’को घोषणा गर्यो।
हावामा माफिया, पानीमा माफिया, दाल, चामल, तरकारी, तेल र दूधमा माफिया। शिक्षामा माफिया, स्वास्थ्यमा माफिया, सडकमा माफिया, सरकारमा माफिया, बैंकमा माफिया, सहकारीमा माफिया र वैदेशिक रोजगारमा माफिया। नीतिगत निर्णय गरेर भ्रष्टाचारी र माफिया बढाउने षडयन्त्र। आईएनजीओ र एनजीओ माफिया। जलस्रोतका विद्युतका माफिया। यो भ्रष्टाचार र मााफियाको गोलचक्करको देशमा अब के हुन्छ?
मेरो विचारमा काकताली र हिंसाले सत्ता पाएपछि यस्तै हुने रहेछ। त्यागी, योग्य र लोकप्रिय नेताको मृत्युपछि जेजस्ताका हातमा देश आयो, त्यहाँ राम्रो भएन। केही तथ्य यस्ता छन्। बर्मामा आङसाङ मारिए, नेविनका हातमा सत्ता आयो। भारतमा गान्धी मारिए, नेहरु सर्वेसर्वा भए। लालबहादुर शास्त्रीको मृत्यु भयो, इन्दिरा सर्वेसर्वा भइन्। नेपालमा मदन भण्डारी मारिए, माधव नेपाल सर्वेसर्वा भए। यिनले आफ्ना पूर्वजको नाम दाम खाए तर आफूले चैँ माखो मार्न सकेनन्।