काठमाडौँ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनको चुनावी खर्च २८ लाख रुपैयाँभन्दा बढी भएको छ । बिहीबार निर्वाचन आयोग पेस गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख छ ।
मनोनयन दर्ता शुल्क १० हजार, मतदाता नामावली खरिदमा तीन हजार, नमुना मतपत्र सामग्री छपाइका निम्ति दुई लाख ९० हजार ५९५, प्रचारप्रसारका क्रममा यातायात तथा इन्धनका निम्ति ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यस्तै, चालक ज्याला एक लाख ४० हजार, होटेलमा बास र खानामा १३ लाख सात हजार ६१९, डिजेल खर्च तीन लाख ६० हजार ४९९, स्टेसनरीमा २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको जनाइएको छ ।
