काठमाडौँ– नेपाल आइडल सिजन- २ बाट चर्चित अमित बराल र गायिका सिन्धु मल्लको स्वरमा ‘पिरतीको जाल’ बोलको गीत सार्वजनिक भएको छ। सुदम थापाको शब्द/संगीत रहेको गीतमा केशव प्रकाशले संगीत संयोजन गरेका छन्। गीतलाई केशव बडूले एरेन्ज गरेका छन्।
शिव विकको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा पल शाह र वर्षा शिवाकोटीको मुख्य अभिनय रहेको छ। रामेश्वर कार्कीले छायांकन गरेको उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/IIJXF9d9xrM