काठमाडौँ– चर्चित गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वरमा ‘बुढेसकालको लौरी’ बोलको गीत सार्वजनिक भएको छ। दिपक शर्माको शब्द/ संगीत रहेको गीतमा बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ को मुख्य अभिनय रहेको छ।
उमेरमा बाहिरफेर रमाइलो गर्दै हिँड्नु राम्रो कुरा नभएको भन्दै शंका नगरी पतिपत्नी एक अर्काको बुढेसकालको लौरी बन्नुपर्ने कुरालाई गीतमा मुख्य रुपमा देखाइएको छ। युवराज वाईबाले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ। विकाश दाहालले सम्पादन गरेको भिडियो फुलेन्दीको आमा युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/zCnzAjBsN34