काठमाडौँ – नेपाली चलचित्र ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीतमा बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले आइटम डान्स गरेकी छन्। बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि उक्त भिडियो सार्वजनिक गरिएको छ। सन्नीले आइटम डान्स गरेको गीतमा ओएसआर डिजिटलको युट्युबबाट सार्वजनिक गरिएको छ र त्यसमा सन्नीलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन्।
गीतमा सन्नीसँग फिल्मका लिड अभिनेता बिक्रम जोशी (विक्की), अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि देख्न सकिन्छ। विक्रम जोशीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत र संगीत संयोजन महाराज थापाको छ।
नेपाली र बलिउड चलचित्रको सहकार्यमा बन्न लागेको नेपाली फिल्म ‘पासवर्ड’मा बलिउडकी हट अभिनेत्री लियोनीले अभिनय गर्ने बताइए पनि निर्माण पक्षले भने त्यसबारे विस्तृत रूपमा केही खुलाएको छैन। उक्त चलचित्र लण्डनमा छायांकन भएको छ।
चलचित्र भदौ २७ गतेदेखि प्रर्दशन हुँदैछ। सिमा गुरुङले तयार पारेको फिल्मको निर्देशन सम्राट बस्नेतले गरेका छन् भने लगानी र हिराल जोशीको छ।
https://www.youtube.com/watch?v=TGNlBS9xXtI