काठमाडौँ - नेपाली संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा ‘तिम्रो महल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। माधव ढकालको शब्द रहेको ;साे गीतमा गैरे सुरेशको सुमधुर संगीत रहेको छ। गीतको भिडियोमा युवराज वाइबाकोे निर्देशन रहेको छ भने दिपेन गौतम र जुना सुन्दासको मुख्य अभिनय रहेको छ।
गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिवसमेत हुन्। यसअघि उनको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो। विकास दाहालले सम्पादन गरेको याे म्युजिक भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/2aMDq3hDBW0