काठमाडौँ - भदौ १३ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘मारुनी’को पहिलो गीत ‘जाम न माया जाम’ सार्वजनिक भएको छ। रिक्की शाक्यको शब्द रहेको उक्त गीतमा गायक दिपक वज्राचार्यले संगीत भरेका छन्।
सो गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको मुख्य अभिनय रहेको छ। गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ। पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरेको फिल्म ‘मारुनी’मा नवल नेपालको निर्देशन रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/tg7pfEtjdrU