काठमाडाैँ - गायनमा सम्भावना भएका मीठो स्वरका धनी गायक देबेन्द्र बरालले आफ्नो दोस्रो नयाँ म्युजिक भिडियो ‘बग्न थालेँ म’ सार्वजनिक भएकाे छ। म्युजिक भिडियोे रोमान्टिक भर्सनको रहेको छ।
‘बग्न थालेँ म’ बोलको यस गीतमा स्वर चर्चित गायिका अन्जु पन्त र देबेन्द्र बरालको रहेको छ। गीतको शब्द डीपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ। गीतमा विश्व अधिकारीको एरेञ्जमेन्ट रहेको छ।
पवन सुस्लिङले सम्पादन र छायांकन गरेको साे भिडियोमा रोहित विश्वकर्मा र नम्रता श्रेष्ठको अभिनय रहेको छ। शिशिर खातीको कोरियोगार्फी र निर्देशनमा भिडियो निर्माण भएको हो।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/9H2AOvgg4v0