काठमाडौँ – नेपाली गीतबाट चर्चित भएकी गायिका मेलिना राईको स्वरमा ‘परे परे मायामा’ बोलको गीत सार्वजनिक भएको छ। हिमांशु रायमाझीकोे शब्द रहेको गीतमा मेलिनालाई मन्जिल श्रेष्ठले साथ दिएका छन्। गीतमा भिम बिसीको संगीत रहेको छ भने बाबु प्रधानले संगीत संयोजन गरेका छन्।
दिलिप समनको निर्देशन रहेको गीतको भिडियोमा मदन घर्ती र सृजना जिसीको मुख्य अभिनय रहेको छ। ओम प्रसाईको छायांकन र फराज अर्पणको कलर तथा सम्पादन रहेको भिडियोमा विक्रम तामाङको व्यवस्थापन रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/gy33RjHOrgk