काठमाडौँ – जमलको राष्ट्रिय नाचघरमा आयोजित ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कविता ढकालले जित्न सफल भएकी छन्। कविताले शिर्षसहित पब्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटलसमेत हात पारेकी छन्। यस्तै, फस्ट रनरअप स्पार्कल पुरी र सेकेन्ड रनरअप सीमा थापा घोषित भएका छन्।
उक्त ‘मिसेस आर्यन नेपाल २०१९’को प्रतिस्पर्धामा कविताले ताज, ट्रफी र प्रमाणपत्र हात पारिन्। हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायक मण्डलमा पुर्व मिस नेपाल सुगारिका केसी, सुभ आचार्य र निशु महर्जन थिए।
एमाजोन इन्टरटेन्मेन्टले विवाहित महिलाहरूको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा बेस्ट ट्यालेन्ट सीमा थापा खड्का, बेस्ट फोटोजेनिक स्पार्कल पुरी, बेस्ट स्किन अस्मिता बसुला, बेस्ट हेयर पुजा रानी गैरे, बेस्ट स्माइल स्वस्थानी न्यौपाने, मोस्ट पपुलर पुजा रानी गैरे र बेस्ट ड्रेस स्पार्कल पुरीले सबटाइटलअन्तर्गत जितेका छन्।