काठमाडाैँ – चितवनमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणमा भएको अवरोधको विषयलाई समेटेर नयाँ गीत सार्वजनिक भएको छ। गीतमा दिपेन्द्र डाँगीको शब्द, संगीत तथा स्वर रहेकाे छ। साे गीत रंगशाला निर्माण कार्यमा बाधा आएपछि सार्वजनिक गरिएको हो।
गीतमा धुर्मस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे)को साथमा रवि लामिछाने, रमेश प्रसाई जस्ता सामाजिक अभियन्ताहरूको बारेमा मार्मिक रुपले प्रस्तुत गरिएको छ।
रंगशाला निर्माणमा आएको अवरोधले धुर्मुस र सुन्तली जस्ता सामाजिक अभियन्तालाई अप्ठ्यारोमा पारेको भन्दै गीत बनाइएको हो। देश निर्माण तथा सामाजिक काममा कसैले पनि अवरोध नगर्न गीतका माध्यमबाट अनुरोध पनि गरिएको छ।
भिडियोमा हरि डिसीको निर्देशन, राजेश विसी को सम्पादन र कोरियोग्राफी रहेको भिडियो डिजिटल लाइभ नेपालबाट सार्वजनिक गरिएको हो।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/l6op8Z90Dus