काठमाडौँ – गायक वीरेन्द्र श्रेष्ठको पिरिमको बाढी बोलको गीत सार्वजनिक भएको छ। दीपक शर्माको शब्द तथा संगीत र अभिनेता दीलिप रायमाझी र केकी अधिकारिको अभिनित गीत सामाजिक सञ्जाल यूट्युबमा सार्वजनिक गरेको हो।
सार्वजनिक भएको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् भने अन्जु पन्तले स्वरमा साथ दिएकी छन्। गीतमा नेपालको ग्रामिण परिवेशको विषयबस्तु समावेश गरिएको छ। गीतमा प्रकाश धितालले निर्देशन तथा मिलन विश्वकर्माले सह निर्देशन रहेको छ। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ। गायक श्रेष्ठ पेशाले इन्जिनियर हुन्।