काठमाडौँ – नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘दिलको फ्रेममा’ बोलको गीतमा ओडलाई गायिका पुष्पा पौडेलले साथ दिएकी छिन्।
भिडियोमा नायिका आँचल शर्मा, नायक तथा मोडल पुष्प खड्का र रवी ओडको अभिनय रहेको छ। देभल भण्डारीको शब्द, संगीत संयोजन साहस शाक्य र भिडियोको निर्देशन शुभ्रतराज आर्चायले गरेका छन्।
https://www.youtube.com/watch?v=Ur8_Vmqkjxg&feature=youtu.be&fbclid=IwAR2wJCUmvD8uSlouOdEnEvfo7szNzhTgfTwpeTe5pteKpKCPASQ2Cy6NCpQ