काठमाडौँ – ‘म तिम्रो शहर छोडी टाढा,’ पुरानो डुङ्गा,’ जस्ता चर्चित गीतका गीतकार बी.बी. थापाले एकैपटक २७ वटा म्युजिक एल्बम सार्वजनिक गरेका छन्। होटल अन्नपूर्णमा पूर्वउपराष्ट्रपति परमानन्द झाको उपस्थितिमा ती एल्बमका १ सय ४५ वटा गीत एकैसाथ सार्वजनिक गरिएको हो।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ क्याटेगोरीमा एकैसाथ एकै व्यक्तिका २७ एल्बम सार्वजनिक गरेर नयाँ कीर्तिमान कायम राख्ने गीतकार थापाको प्रयास रहेको छ। ती एल्बममा विभिन्न चर्चित र नयाँ कलाकारहरूले आफ्नो स्वर दिएका छन्। गीतकार थापाको एकल शब्द, मनोज चौलागाईको एकल संगीतमा रहेको एल्बम ‘मायाको डुङ्गा’ मा भने नवगायक कौशलराज खड्काको एकल स्वर रहेको छ।
‘कति हात’, ‘सम्बन्ध,’ ‘राजधानी,’ ‘लभर ब्वाई,’ ‘चन्द्रागिरी हिल’, बोलका पाँचवटा गीत यस एल्बममा समावेश छन्। एल्बमकाे एउटा गीत ‘कति हात’ को यसअघि नै भिडियो निर्माण गरी सार्वजनिक गरिसकिएको छ। सो गीत थापा इन्टरटेन्मेन्टको निर्माणमा एल्बम तयार पारिएको हो।