काठमाडौं– भारतकी चर्चित गायिका नेहा कक्कर काठमाडौं आउने भएकि छन्। ठमेलस्थित लर्ड अफ ड्रिङ्स (एलओडी) क्लवमा प्रस्तुति दिनका लागि उनी नेपाल आउन लागेकी हुन्। यसका लागि अन्य सदस्य नेपाल आउँदै गरेपनि नेहा भने आफ्नो टोलीसहित २४ गते शुक्रबार काठमाडौं आइपुग्नेछिन्।
‘नेहा कक्कर लाइभ’ नाम दिइएको उक्त प्रस्तुतिमा उनले आफ्ना चर्चित गीतहरु सुनाउनेछिन्। जेठ २५ गते हुने कार्यक्रमका लागि टिकट बुकिङलगायतका काम शुरु भइसकेको आयोजकले बताएका छन्।
पारामाउन्ट ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको प्रस्तुति साँझ ८ बजेदेखि मध्यरातसम्म चल्नेछ । नेहाले आफुँ नेपाल आउन लागेको भन्दै यूट्युवमार्फत जानकारी समेत गराएकी छन्।
पर्यटन बर्ष २०२० लाई लक्षित गरेर नेहा र इन्डियन आइडलका टप टेन टिमलाई नेपाल ल्याउन लागेको पारामाउण्ट इन्टरटनमेन्टका संचालक दिपक घिमिरेले बताए। ‘युवामाझ लोकप्रिय नेहाको नेपाल आगमनले भारतमा नेपालको विषयमा उल्लेखनिय प्रचार हुने घिमिरे बताउँछन्।
२५ सय दर्शक क्षमता रहेको एलओडी अत्याधुनिक प्रविधियुक्त रहेको एलओडीका सदस्य समेत रहेको संचालक घिमिरे बताउँछन्।
पछिल्लो समय नेहाको आँख मारे, काला चस्मा, लन्डन ठुमकरा, दिलबर लगायतका गीतहरु नेपालमा समेत लोकप्रिय भएका थिए। इन्डियन आइडल सिजन–२ मा प्रतिस्पर्धा गरेकी नेहाले १० औं संस्करणमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।
उनले जिटिभिको सारेगमपा लिटिल च्याम्पसमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी छन् ।