काठमाडौँ - आदिवासी जनजातिकाे ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ आयोजना हुने भएको छ। आदिवासी जनजाति चलचित्र महासंघले यही जेठ २४ देखि २६ गतेसम्म तीन दिन राष्ट्रिय सभागृहमा महोत्सव आयोजना गर्ने भएकोे हो।
बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा आयोजक महासंघले नेपाल एक बहुभाषी, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुजाति देश भएकाले आदिमकालदेखि बसोबास गरिरहेका आदिवासीहरूकाे संस्कार संस्कृतिमा आधारित चलचित्रको निर्माण/प्रचारमा हौसला प्रदान गर्न र प्रदर्शन गर्न महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ।
महोत्सवमा आदिवासी जानजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र गरी २० वटा आदिवासी जनजाति प्रदर्शन गरिनुका साथै आदिवासी जनजाति चलचित्रको वस्तुगत अवस्थाका बारेमा जानकारी डेक्स, विभिन्न आदिवासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरू, आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, हस्तकला, पुस्तक आदिको स्टलहरू रहने आदिवासी जनजाति चलचित्र महासंघले जनाएको छ।