काठमाडौँ – कञ्चन थलङको स्वरमा रहेकाे ‘बिर्सि दिने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण थाम्देन नक्साले को शब्द रहेको उक्त गीतमा जन्म राई को संगीत रहेको छ।
करिब तीन दर्जन गीत रेकर्ड गराएका गायक थलङको यसअघि १० वटा म्युजिक भिडियो सार्वजनिक भइसकेकाे छ। उनले अन्य दुई दर्जन बढी म्युजिक भिडियोमा पनि अभिनय गरेका छन्। यसको छायाँकन तथा सम्पादन बीबी लिम्बू, पर्शुराम थलङ र खगेन्द्र पन्धाकले गरेका हुन्। मेकअप नन्द लिम्बू तथा व्यवस्थापन प्रकाश लिम्बूको रहेको छ। गायक थलङ र जेनी श्रेष्ठको मुख्य अभिनय साे भिडियो कञ्चन थलङकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
उनको एक महिनाअघि चिसो चिसो .. बोलको गीतको पनि भिडियो सार्वजनिक भएको थियो। त्यसमा पनि सोना पालुङवासँग गायक थलङकै अभिनय रहेको छ। सन् २०१२ को लिम्बूवान आइडल विजेता थलङ चलचित्र थातथलो का नायकसमेत हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/6-0HMXvXoHo