काठमाडौँ – लोकदोहोरी गायक मेक्सम खातीको ‘तिम्रो रूपैको जादु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा खातीलाई गायिका मेलिना राईले साथ दिएकी छन्। गीतमा स्वयं खाती र स्नेहा पौडेलको मुख्य अभिनय रहेको छ।
गीतमा नरेश खातीको संगीत रहेको छ भने कुमार पौडेलको शब्द रहेको छ। नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी मेक्समले यस पटक फरक शैलीमा गीत बनाएको बताइन्।
शिशिर खातीको निर्देशन गरेको गीतमा छायांकन शंकल भुजेल र बनिश शाहको सम्पादन रहेको छ।
https://www.youtube.com/watch?v=Hg4CLNbSOqk&fbclid=IwAR3GgAGSriCDUNJWh8viKp7iwT0SXY_a7KYEycdWzGb5nWzWNgjYoSX_P7w