काठमाडौँ– तामाङ सेलो शैलीमा रहेकाे गायक दिलिप तामाङको स्वरमा ‘गुन्द्रुक र ढिडों’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। सुशन लामाको शव्द/संगीत रहेको भिडियोमा दिलिप तामाङ र निरन्जली लामाको मुख्य अभिनय रहेको छ।
फडिन्द्र राईको संगीत संयोजन, सागर तामाङको सम्पादन तथा छायांकन रहेको गीतको नृत्य निर्देशन लालमान तामाङले गरेका हुन्। उक्त भिडियोलाई सागर क्रिएशनले बजारमा ल्याएको हो। नेपालको जातजातीको सांस्कृतिक मान्यतालाई स्थापित गर्नका लागि गीत र म्युजिक भिडियो राम्रो बनेको कलाकार जयनन्द लामाको भनाई छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/FBW3ITJv8ZQ