काठमाडौँ – खुसेन्द्र राईको आउन लागेको गजल एल्बम ‘आधा’बाट प्रतिनिधि गजल ‘आधा’को भिडियो सार्वजनिक भएको छ। मेलिना राईको स्वरमा रेकर्ड गरिएको सो गीतको भिडियो ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएकाे छ।
गायक राईले भने, ‘एउटा अन्तिम गजल संग्रह र गजलको एल्बम निकाल्ने मेरो रहरको कुरा थियो। एल्बम ‘आधा’को कुरा हुँदै गर्दा एल्बमबाटै एउटा गजलको भिजुअल बनाए।’ साङ्ग्रिला इन्डियाबाट प्रकाशित ताजा कथा सङ्ग्रह ‘खुर्मी’बाट बजारमा कथाकारको रूपमा समेत चर्चा बटुलिरहेका जूम, सिक्किम निवासी खुसेन्द्र राई गजल एल्बम ‘आधा’ले पनि श्रोताको स्नेह पाउने बताउँछन्।
पल्लविब राईको निर्देशन रहेको भिडियोमा राजा पुनियानी र पूजा कँड़ेलले अभिनय गरेका छन्। गजल ‘आधा’मा दार्जीलिङका चर्चित सङ्गीतकार दिवस गुरूङको धुन र जीवन प्रकाश प्रधानको एरेञ्जमेन्ट रहेको छ।
https://www.youtube.com/watch?v=VNHUVFuJr-w