काठमाडौँ – बदलाको कथामा निर्माण गरिएको ‘सरौतो’ आगामी असोज ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। छायाँकार हरि हुमागाईकाे याे फिल्म पहिलो निर्देशकीय फिल्म हाे।
फिल्मको प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ। यस फिल्ममा छायाँकार हरि हुमागाईंको ‘डेब्यू’ निर्देशन रहेको छ। विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्मस् एण्ड ग्लिटर फिल्मस् स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सिर्जना जोशी र लक्ष्मीकुमारी तामाङ कार्यकारी निर्माता छन्।
फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल र मनोज तामाङलगायतको अभिनय रहेको छ।
फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, शंकर महर्जनको एक्सन, राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोशिस क्षेत्रीको संगीत, निमेष श्रेष्ठको सम्पादन, निलिशा शाक्यको नृत्य रहेको छ।
काठमाडौं, सिम्रौनगठ लगायतका स्थानमा छायांकन गरिएको फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।