काठमाडौँ – नेपाली चलचित्र फिल्म ‘दाल, भात, तरकारी’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ। यो फिल्ममा धेरै कलाकारहरूको अभिनय रहेको छ। फिल्म ‘दाल, भात, तरकारी’ मा महजोडी हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, वर्षा राउत, पुष्प खड्का, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा अमेरिका जानका लागि मरिहत्ते गर्ने नेपालीको कथालाई कथानक बनाइएको छ।
हरिवंश आचार्यको कथा रहेको उक्त फिल्ममा सुदन केसीको निर्देशन रहेको छ। सुदन केसीको यो पहिलो डेब्यु निर्देशन फिल्म पनि हो।