काठमाडौं – नेपाली चलचित्र फिल्म ‘बाबु कान्छा’ युट्युबमा सार्वजनिक भएको छ। सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘बाबु कान्छा’ बुढासुब्बा डिजिटल प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
यो फिल्ममा लेखन, निर्माण र निर्देशन शोभित बस्नेतको रहेको छ। फिल्ममा सलोन बस्नेत, करिष्मा श्रेष्ठ, सरोज खनाल, सम्राट सापकोटा, रितिका शाही, लय संग्रौला लगायतका कलाकारकाे अभिनय रहेको छ।
फिल्मलाई लिएर सलोन बस्नेतले प्रचारप्रसार पनि राम्रै गरेका थिए। यद्यपि फिल्मले दर्शकको मन जित्न सकेन। यो फिल्म हलमा राम्रोसँग चलेको थिएन। युट्युबमा भने यो फिल्मले एक दिन पूरा नहुँदै पाँच लाखले हेरिसकेका छन्।