काठमाडौँ - नेपाल हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगरले ‘इन्टरनेसनल हाप्किडो मास्टर्स अफ दी एयर–२०१९’ अवार्ड पाएका छन्।
जर्मनीको म्युनिखमा आइतबार राति भएको कार्यक्रममा सेल्फ डिफेन्स जर्मनी फेडरेसनले मगरलाई सो अवार्ड दिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।
नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको दोस्रो कार्यकालका लागि विसं २०७४ मा मगर पुनः निर्वाचित भएका थिए। अवार्ड प्राप्त गरेपछि मगरले पदक सबै नेपाली र मार्सल आर्टका खेलाडीका लागि गौरवको विषय भएको प्रतिक्रिया दिएका थिए। (रासस)